
२३ असोज, काठमाडौं । नारायणगढ–मुग्लिन–काठमाडौं सडक खण्डमा असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म ठूला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
निर्धारित अवधिमा खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी साधनबाहेक अन्य ठूला मालवाहक सवारी साधन सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको हो ।
उक्त निर्णयअनुसार अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी साधनलाई भने सञ्चालनमा छुट दिइएको छ ।