२०८३ कार्तिक ३, सोमबार

निखिल उप्रेती

निखिल उप्रेतीको ‘आचार्य’को ट्रेलरले पायो बलिउड मिडियामा चर्चा

नेपाली फिल्म
निखिल उप्रेतीको ‘आचार्य’को ट्रेलरले पायो बलिउड मिडियामा चर्चा

काठमाडौं । अभिनेता निखिल उप्रेतीको निर्माण, निर्देशन तथा अभिनय रहेको फिल्म **‘आचार्य’**को चर्चा भारतमा समेत हुन थालेको छ। शनिबार सार्वजनिक गरिएको फिल्मको ट्रेलरलाई लिएर भारतका विभिन्न क्षेत्रका फिल्म पत्रकार तथा दर्शकले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाइरहेका छन्।

निर्माण पक्षका अनुसार विशेषगरी दक्षिण भारतसहित भारतका विभिन्न फिल्म क्षेत्रमा नेपाली फिल्मको बदलिँदो स्तरबारे चर्चा हुन थालेको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका विभिन्न भिडियो तथा प्रतिक्रियामा ‘आचार्य’को ट्रेलरमा देखाइएको एक्सन, प्रस्तुति, प्राविधिक पक्ष र निखिल उप्रेतीको उपस्थितिबारे चर्चा गरिएको छ।

ट्रेलर सार्वजनिक भएपछि नेपालमा पनि फिल्मको एक्सन, निखिल उप्रेतीको कमब्याक शैलीको प्रस्तुति तथा निर्माण स्तरलाई लिएर दर्शकमाझ चासो बढेको निर्माण पक्षले जनाएको छ।

९ गतेदेखि प्रदर्शनमा आउने तयारी

निखिल उप्रेतीकै होम प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘आचार्य’ यही ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

फिल्ममा निखिल उप्रेतीसँगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्चीको अभिनय रहेको छ।

त्यस्तै, पूर्णिका सिजापतीले ‘आचार्य’मार्फत नव–नायिकाका रूपमा फिल्म क्षेत्रमा डेब्यु गर्दैछिन्। सजिना श्रेष्ठले पनि यही फिल्मबाट अभिनयमा डेब्यु गरेकी छन्।

यी कलाकारको पनि अभिनय

फिल्ममा बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरीसँगै ध्रुव कोइराला, सुरेश कोहली, रञ्जित कोइराला, जेसिका पोखरेल, कृतिका, सरिता ज्ञवाली, अनुप तुलाधर, एलिस खनाल, अजय थापा, सुबिन गुरुङ, रोशनी र सोनिका बास्तोलालगायत कलाकारको अभिनय रहेको छ।

फिल्मको ट्रेलरमा देखाइएको एक्सन तथा प्रस्तुतिले दर्शकमाझ उत्सुकता बढाएको निर्माण पक्षको दाबी छ। भारतमा समेत ट्रेलरबारे प्रतिक्रिया आउन थालेपछि ‘आचार्य’को प्रदर्शनलाई लिएर नेपाली फिल्म क्षेत्रको चासो थप बढेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस