
१५ चैत्र काठमाडौँ। नेकपा एमाले को सचिवालय बैठक ले निर्णय गरी आजको घोषित कार्यक्रम अन्तर्गत ज्ञापनपत्र बुझाउने कार्यतालिका अनुसार काठमाडौँ जिल्ला प्रशासन कार्यालय मा केपी ओली पक्राउ विरोध को ज्ञापनपत्र बुझाउन जाँदै गरेको नेता कार्यकर्तालाई नेपाल प्रहरीले बीचमै रोकेको छ।
माइतीघर मण्डलाबाट सुरु गरेको र्याली सडक विभागको कार्यालयमा पुगेर रोकेको हो। नेकपा एमाले का नेता कार्यकर्ता ज्ञापनपत्र बुझाउन पाउनुपर्ने माग राख्दै नाराबाजी गरिरहेका छन्। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेपछि नेकपा एमालेको देशभर विरोध प्रदर्शन भइरहेको छ आज पनि नेकपा एमालेले ७७ वटा जिल्लामा नेकपा एमालेका अध्यक्ष ओली पक्राउ गरेको विरोधमा ज्ञापन पत्र बुझाउने कार्यतालिका रहेको थियो ।