२०८३ जेष्ठ २२, शुक्रबार

एमाले पाेलिटव्यूराे बैठक

नेकपा एमाले पाेलिटव्यूराे बैठक सम्पन्न, विधान संशाेधन प्रस्ताव सर्व सम्मत स्विकृत

नेकपा एमाले पाेलिटव्यूराे बैठक सम्पन्न, विधान संशाेधन प्रस्ताव सर्व सम्मत स्विकृत

काठमाडौं, ३ साउन। नेकपा एमालेको दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकले सचिवालयबाट प्रस्तुत गरिएको विधान संशोधन प्रस्तावलाई सर्वसम्मत रूपमा स्वीकृत गरेको छ। पार्टी महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उक्त निर्णय सार्वजनिक गर्नुभएकाे हाे ।

पोखरेलका अनुसार, अब यो प्रस्ताव साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा औपचारिक छलफलका लागि प्रस्तुत गरिनेछ। बैठकले पार्टीलाई थप एकताबद्ध बनाउँदै अघि बढाउने संकल्पसमेत गरेको छ। ‘पोलिटब्युरो बैठकले सचिवालयवाट प्रस्तुत विधान संशोधन प्रस्तावलाई सर्वसम्मत रुपमा स्विकार गरेको छ,  अब उक्त प्रस्ताव साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा छलफलका लागि प्रस्तुत गरिनेछ, आजको बैठकले पार्टीलाई एकतावद्ध रुपमा अघि बढाउने संकल्प समेत गरेको छ’, उहाँले लेख्नु भएकाे छ ।

दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकमा ७० वर्ष उमेर हद, दुई कार्यकालको सीमा, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा प्रवेश लगायतका विषयमा गहन छलफल भएको थियो। बैठकमा करिब ७० नेताहरूले धारणा राख्नु भएकाे थियाे ।

पार्टीले आगामी भदौ महिनामा विधान महाधिवेशन आयोजना गर्ने तयारी गरिरहेको छ। पोलिटब्युरोबाट संशोधन प्रस्ताव सर्वसम्मत पारित भएसँगै अब त्यसले केन्द्रीय कमिटी र अन्ततः विधान महाधिवेशनसम्म पुग्ने आधार तय गरेको छ।

विधान संशोधन प्रस्तावमा स्थायी कमिटीको संख्या विस्तार, उमेर र कार्यकालको सन्दर्भमा स्पष्ट व्यवस्था, गुटबन्दी नियन्त्रण र पार्टी संगठनलाई सुदृढ बनाउने विविध बुँदाहरू समेटिएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठकमा पार्टीमा अनुशासन र सामूहिक नेतृत्व सुदृढ गर्ने पक्षमा बल दिनुपर्ने धारणा राख्नु भएकाे थियाे। पोखरेलले संशोधन प्रस्तावमा देखिएको सर्वसम्मतिलाई पार्टी एकताको सकारात्मक संकेतको रूपमा व्याख्या  गर्नु भएकाे छ ।

अब एमालेमा ७० वर्षकाे उमेर हद हटेकाे छ भने दुई कार्यकालकाे बन्देज पनि हटेकाे छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकाे पार्टी सदस्यताकाे विषय हाेल्ड भएकाे छ ।

यो पनि

ताजा अपडेट

१ हप्ता अघि

सुनको भाउ घट्यो

यो साताको प्रचलित

खोजी गर्नुहोस