
१४ चैत्र,ललितपुर /नेपाल टिपर तथा ट्रक यातायात ब्यवसायी समितिको अध्यक्षमा अमर श्रेष्ठ निर्वाचित हुनु भएको छ । चैत्र १३ र १४ गते भएको ८ औं अधिवेशनबाट श्रेष्ठले १ सय ४० मतान्तरले निर्वाचित हुनु भएको हो । अध्यक्ष उमेदवार अमर श्रेष्ठले ७ सय ३७ मत ल्यौदा प्रतिद्वन्दी अध्यक्ष उमेदवार शिव ओझाले ५ सय ९७ मत ल्याके थिए । भने बरिस्ठ उपाध्यक्षमा हेमराज श्रेष्ठले ७ सय ३९ मत ल्याई बिजयी हुदा राजु स्त्यालले ५ सय ९१ मत ल्याए भने कोषाध्यक्ष पदमा राजन श्रेष्ठले ७ सय ४७ मत ल्याई बिजयी हुदा बिरेन्द्र श्रेष्ठले ५ सय ८० मत ल्याउनु भयो ।
१९ पदाधिकारी मध्ये ३ वटा पदाधिकारीमा निर्वाचन भएको थियो बाँकी पदाधिकारीहरु सर्वसम्मत चयन भएको थियो । सर्वसम्मत चयन हुनेमा प्रथम उपाध्यक्ष रत्नमणी पाठक द्वितृया उपाध्यक्ष कुमार श्रेष्ठ तृतीय उपाध्यक्ष मनोज कार्की सचिव प्रदिप बस्नेत सह सचिव दिपेन्द्र थापा सह कोषाध्यक्ष सविन कुमार राई र सदस्यहरूमा साजन पौडेल, परविन श्रेष्ठ, साबिका त्वानाबासु, राजेन्द्र लामा, राजेश अकौलिया, बैकुण्ठ प्याकुरेल, राजू रेग्मी, प्रमोद थापा, विष्णुबहादुर क्षेत्री, राजु पौडेल सर्वसम्मत चयन भएका हुन् ।
प्रत्याशी अध्यक्ष उम्मेदवार शिव ओझाले नवनिर्वाचित अध्यक्ष अमर श्रेष्ठ लगायत सम्पूर्ण पदाधिकारीलाई बधाई अनि शुभकामना दिँदै भन्नुभयो म अध्यक्षमा उठेर असहयोग गर्ला कि भन्ने चिन्ता लागेको होला। तर म निर्वाचित नहुँदा पनि निर्वाचित हुने अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरूलाई आफूले गर्ने सहयोग सधैँ रहिरहने बताउँदै भने यो संस्था हामीहरुले नै बनाएको हो।
त्यसकारण यो संस्था प्रति हामी सबैको जिम्मेवारी छँदैछ एउटा लोकतन्त्रको अभ्यास सुरु भयो यति हो मलाई मत दिनुहुने सम्पूर्ण मतदाताहरूलाई पनि धन्यवाद दिन चाहन्छु उनले भने ओझा नेपाल टिपर तथा ट्रक व्यवसायी समितिको वरिष्ठ उपाध्यक्ष बाट अध्यक्षमा उम्मेदवारी दिएका थिए।
तस्वीर