२०८२ चैत्र १९, बिहिबार

नेपाल टिपर तथा ट्रक व्यवसायी समितिको ८ औं अधिवेशन ललितपुरमा

नेपाल टिपर तथा ट्रक व्यवसायी समितिको ८ औं अधिवेशन ललितपुरमा

१३ चैत्र, ललितपुर / नेपाल टिपर तथा ट्रक व्यवसायी समितिको १४औं साधारण सभा तथा ८ औं अधिवेशन ललितपुरमा शुक्रवार देखी सुरु भएको छ । ललितपुरको एकान्तकुनामा रहेको एक होटलमा आज देखी सुरु भएको अधिवेशन भोली सम्म रहने वताइएको छ । नेपाल टिपर तथा ट्रक व्यवसायी समितिका अध्यक्ष कृष्ण पन्तको अध्यक्षतामा भएको उद्घाटन सत्रमा प्रमुख अथिति नेपाल यातायात व्यवसायी महासंघ नेपालका अध्यक्ष विजय वहादुर सुवारले कार्यक्रम उद्घाटन गर्नु भएको थियो । कार्यक्रम उद्घाटन गर्नु हुदै प्रमुख अथिति सुवारले जति विकास निर्माणका कामहरु भए त्यती नै यातायातको काम हुने हुदा लगानिकर्ताको लगानि पनि सुरक्षित हुने भन्दै नव निर्वाचित पदाधिकारीलाई अग्रिम वधार्ई अनि शुभकामना दिनु भयो । कार्यक्रम चन्द्रागिरी नगरपालिका नगरप्रमुख घनश्याम गिरी, गजुरी गाउँपालिका अध्यक्ष गणेश लाल श्रेष्ठ यातायात व्यावसायी महासंघका पदाधिकारी लागाएत उपस्थिति रहेको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस