
१६ असोज, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११ दशमलव ९० अंकले घटेको छ । नेप्से २५८७ दशमलव २५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
आज कारोबारमा आएका अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि बजार राताम्मे देखिएको छ । कुल ३५६ वटा स्क्रिप्स कारोबारमा आउँदा २०७ कम्पनीको सेयर मूल्य घटेको छ भने ६१ कम्पनीको मूल्य बढेको छ । ११ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
शुक्रबार कुल ४ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभर १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
आज कुल ४३ हजार ६८५ पटक कारोबार भएको थियो ।
कारोबारमा आएका अधिकांश उपसमूहमा गिरावट देखिएको छ । सबैभन्दा धेरै गिरावट म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ समूहमा देखिएको छ ।
त्यसैगरी लाइफ इन्स्योरेन्स, डेभलपमेन्ट बैंक र हाइड्रोपावर समूहमा पनि उल्लेख्य गिरावट आएको छ ।
शुक्रबारको बजारमा एनएमबी बैंक र सिद्धार्थ बैंकका लगानीकर्ताले तुलनात्मक रूपमा बढी कमाएका छन् ।
यता, सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । उक्त कम्पनीको सेयर मूल्य ८ दशमलव ५५ प्रतिशतले घटेको छ ।
समग्रमा बिक्री चाप बढ्दा साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ओरालो लागेको हो ।