
कात्तिक ९ काठमाण्डाै/ सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीले पर्यटनमन्त्री बनाउन दिएको वचन फेरेपछि आफू मन्त्री बन्न अनिच्छुक रहेको बताएका छन् ।आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले ८ गते शनिबार बालुवाटारमा बोलाएर पर्यटनमन्त्री बनिदिन आग्रह गरेको तर भोलिपल्ट अर्कैलाई वचन दिइसकेको बताएपछि आफू मन्त्री बन्न अस्वीकार गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

‘हिजो शनिबार प्रधानमन्त्री ज्यूले बालुवाटार बोलाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका लागि सक्षम व्यक्ति भएकाले भोलि शपथको तयारी गर्नुस् भन्नुभयो,’ उनले भनेका छन्, ‘तर भोलिपल्ट विहान एकाएक आफूट भूमिसुधार मन्त्रीमा नियुक्त हुन लागेको खबर पाउँदा प्रधानमन्त्रीसँग प्रश्न सोध्दा अर्कैलाई वचन दिइसकेको जवाफ दिनुभयो।मेरो प्रश्नको खास जवाफ नआएपछि आफू अरू भूमिमन्त्री बन्न अनिच्छुक रहेको पुन: प्रष्ट परेक थिएँ।’