२०८३ आश्विन ११, आईतबार

अपराध अनुसन्धान कार्यालय

पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा थ्रेटपछि टेकु ल्याएर राखियो

सुरक्षा थ्रेट रहेको जानकारीपछि राति नै महाराजगञ्जबाट नियन्त्रणमा लिएर टेकु ल्याइएको एसएसपीको भनाइ
पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा थ्रेटपछि टेकु ल्याएर राखियो

११ असोज, काठमाडौं । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सुरक्षा थ्रेटपछि कार्यालयमा ल्याएर राखिएको बताएका छन् ।

एसएसपी खड्काका अनुसार जबरालाई सुरक्षा थ्रेट रहेको जानकारी पाएपछि राति नै महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर अपराध अनुसन्धान कार्यालय टेकुमा ल्याइएको हो ।

‘उहाँलाई सुरक्षा थ्रेट छ भन्ने थाहा पाएपछि राति नै केही हुनसक्छ भनेर हाम्रो कार्यालयमा ल्याएर राखेका हौं,’ एसएसपी खड्काले भने ।

गएराति अपराध अनुसन्धान कार्यालयको टोली जबरालाई नियन्त्रणमा लिन महाराजगञ्जस्थित निवास पुगेको थियो । प्रहरीले उनलाई नियन्त्रणमा लिएर टेकुस्थित कार्यालयमा ल्याएको हो ।

जबरालाई नियन्त्रणमा लिनुअघि प्रहरीले कुनै अदालतबाट पक्राउ पुर्जी नलिएको सम्बद्ध स्रोतले जनाएको छ ।

प्रहरी नियन्त्रणमा लिएपछि जबराले आफ्ना भाइ प्रभुशम्शेरलाई फोन गरेर आफूलाई प्रहरीले लिएर गएको जानकारी गराएका थिए ।

प्रभुशम्शेरले पनि प्रहरीहरूले ‘जेनजीबाट सुरक्षा थ्रेट छ’ भन्दै दाइलाई नियन्त्रणमा लिएर गएको बताएका छन् ।

प्रभुशम्शेरका अनुसार जबरालाई हाल अपराध अनुसन्धान कार्यालय टेकुमा राखिएको छ । उनी निकट स्रोतका अनुसार प्रहरीले जबरालाई कसैसँग भेट्नसमेत दिएको छैन ।

जबराका छोरा भने उनलाई भेट्नका लागि अपराध अनुसन्धान कार्यालय टेकु पुगेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस