२०८३ आश्विन ३, शनिबार

गौरव शम्शेर राणा बेलायतका लागि राजदूत

पूर्वप्रधानसेनापति गौरव शम्शेर राणा बेलायतका लागि राजदूत सिफारिस

गौरव शम्शेर राणा बेलायतका लागि राजदूत
पूर्वप्रधानसेनापति गौरव शम्शेर राणा बेलायतका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणालाई बेलायतका लागि राजदूतमा सिफारिस गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको हो। सोही क्रममा पूर्वप्रधानसेनापति राणाको नाम संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूतका रूपमा सिफारिस गरिएको हो।

सरकारले विभिन्न क्षेत्रमा अनुभव र विज्ञता हासिल गरेका व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गरेको जनाएको छ।

अब प्रस्तावित राजदूत राणासहित सबै सिफारिस भएका व्यक्तिहरूको नाम संसदीय सुनुवाइका लागि पठाइनेछ। संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि बेलायतबाट अग्रिमो प्राप्त गर्ने प्रक्रिया अघि बढ्नेछ।

अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले राणालाई बेलायतका लागि नेपालको राजदूतमा औपचारिक रूपमा नियुक्त गर्नेछन्।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस