२०८३ आश्विन ९, शुक्रबार

कृष्णभिर पहिरो

पृथ्वी राजमार्गका सात ठाउँमा पहिरो, दुई स्थानमा सडक पूर्ण अवरुद्ध

पृथ्वी राजमार्ग पहिरो
पृथ्वी राजमार्गका सात ठाउँमा पहिरो, दुई स्थानमा सडक पूर्ण अवरुद्ध

९ असोज, काठमाडौं । अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङका विभिन्न सात स्थानमा पहिरो खसेको छ । पहिरोका कारण दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने अन्य स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं डीएसपी प्रकाश दाहालका अनुसार कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा पहिरो खसेको हो ।

उनका अनुसार कृष्णभिर र तिगराङ खोलामा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ । अन्य स्थानमा भने एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

कृष्णभिरमा दुईवटा उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । तर, अन्य स्थानमा लगातार वर्षा हुनुका साथै पहिरो खस्ने क्रम नरोकिएकाले सडक खुलाउन समस्या भइरहेको डीएसपी दाहालले बताए ।

प्रहरीले राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न यात्रु तथा चालकलाई आग्रह गरेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस