२०८३ कार्तिक २, आईतबार

सुनको मूल्य

प्रतिदश ग्राम चाँदीको मूल्य ४ हजार ११० रुपैयाँ ५० पैसा कायम भएको छ ।

सुनको मूल्य
प्रतिदश ग्राम चाँदीको मूल्य ४ हजार ११० रुपैयाँ ५० पैसा कायम भएको छ ।

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको छ।

शुक्रबार प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार २ हजार १०० रुपैयाँले बढेको हो।

महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतिदश ग्राम २ लाख ६१ हजार ६६० रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला ४ हजार ७७५ रुपैयाँ रहेको चाँदी आइतबार २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँ पुगेको छ।

प्रतिदश ग्राम चाँदीको मूल्य भने ४ हजार ११० रुपैयाँ ५० पैसा कायम भएको महासंघले जनाएको छ।

यससँगै आइतबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस