२०८३ आश्विन २०, मंगलबार

कानुन मन्त्रालय

प्रधानन्यायाधीश केसीले बोलाए न्याय परिषद् बैठक, सर्वोच्चमा रिक्त न्यायाधीश नियुक्तिबारे छलफल हुने

प्रधानन्यायाधीश मनोजकुमार केसी र सर्वोच्च अदालत
प्रधानन्यायाधीश केसीले बोलाए न्याय परिषद् बैठक, सर्वोच्चमा रिक्त न्यायाधीश नियुक्तिबारे छलफल हुने

१९ असोज, काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार केसीले न्याय परिषद्को बैठक बोलाएका छन्।

मंगलबार दिउँसो १ बजेका लागि परिषद्को बैठक बोलाइएको हो।

सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिका लागि सिफारिसलगायतका विषयमा छलफल गर्न परिषद्को बैठक बस्न लागेको स्रोतले जनाएको छ।

हाल सर्वोच्च अदालतमा चार न्यायाधीश पद रिक्त छन्। ती पदमा नियुक्तिका लागि सिफारिस गर्ने विषय बैठकको प्रमुख एजेन्डा रहेको बताइएको छ।

प्रधानन्यायाधीश केसीको अध्यक्षतामा बस्ने न्याय परिषद्मा कानुनमन्त्री सोविता गौतम, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, महेशकुमार नेपाल र दामोदर खड्का सदस्य छन्।

बैठकले सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिका लागि सम्भावित उम्मेदवारबारे छलफल गरी सिफारिसको प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस