
काठमाडौं । प्रधानमन्त्री बालेन अमेरिका भ्रमणमा जाने तयारीसँगै उनको भ्रमणका क्रममा विगतदेखि कायम रहेका केही औपचारिक परम्परा परिवर्तन हुने बताइएको छ।
प्रधानमन्त्रीको अमेरिका भ्रमणका क्रममा विमानस्थलको भीआईपी कक्ष प्रयोग नगर्ने र औपचारिक सलामी नलिने तयारी रहेको जनाइएको छ। प्रधानमन्त्रीको भ्रमणलाई अन्य विशिष्ट व्यक्तिको भन्दा फरक र सरल बनाउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको बताइएको छ।
भ्रमणका क्रममा प्रधानमन्त्री बालेनले अमेरिकामा विभिन्न उच्चस्तरीय भेटवार्ता तथा कार्यक्रममा सहभागिता जनाउने अपेक्षा गरिएको छ। भ्रमणको विस्तृत कार्यक्रम तथा भेटवार्ताबारे सम्बन्धित निकायले आवश्यक जानकारी सार्वजनिक गर्नेछ।
भीआईपी कक्ष प्रयोग नगर्ने र सलामी नलिने विषय कार्यान्वयनमा आएमा प्रधानमन्त्रीको विदेश भ्रमणसँग जोडिएका विगतका केही औपचारिक अभ्यासमा परिवर्तन हुनेछ।