२०८२ श्रावण १६, बिहिबार

प्रेस चौतारी नेपाल

प्रेस चाैतारीद्वारा पत्रकार खत्रीकाे पार्थिव शरीरमा झन्डा ओढाउदै अन्तिम श्रद्धाञ्जली

प्रेस चाैतारीद्वारा पत्रकार खत्रीकाे पार्थिव शरीरमा झन्डा ओढाउदै अन्तिम श्रद्धाञ्जली

धनगढी । डाेटीका पत्रकार दीर्घ खत्रीकाे गाेदावरी अर्याघाटमा अन्तिम संस्कार गरिएको छ ।
खत्रीकाे शनिबार गाेदावरीमा हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरिएको हाे ।
प्रेस चाैतारी नेपालका सुदूरपश्चिम प्रदेश समितिका सदस्य समेत रहेका खत्रीलाई संगठनले चाैतारीकाे झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली समेत अर्पण गरेकाे छ ।
चाैतारीका सुदूरपश्चिम इन्चार्ज दिलबहादुर छत्याल, सहइन्चार्ज सुशील ढुंगाना, महासचिव भानुभक्त आचार्य, सचिव खेम ढुंगाना, कैलाली अध्यक्ष जनक विष्ट, पूर्व प्रदेश महासचिव शिवराज भट्ट लगायतका नेताले खत्रीकाे पार्थिव शरीरमा झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
दिवंगत आत्माको चिरशान्तिकाे कामना गर्दै एक मिनेट माैन धारण पनि गरिएको थियो ।

drishtinepal

अन्तिम श्रद्धाञ्जली सभामा संगठनका सुदूरपश्चिम इन्चार्ज दिलबहादुर छत्याल, सहइन्चार्ज सुशील ढुंगाना, कैलाली इन्चार्ज हरि जाेशी, डाेटी इन्चार्ज सरस्वती साउद, प्रदेश उपाध्यक्ष मीन ठकुरी,महासचिव भानुभक्त आचार्य, कैलाली अध्यक्ष जनकसिंह विष्ट, पत्रकार महासंघका केन्द्रीय सदस्य याेगेन्द्र बलायर, सुदूरपश्चिमका अध्यक्ष भरत शाह, महासचिव शिवराज भट्ट, पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा, प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्ष बद्री सिग्देल,प्रेस युनियनका जिल्ला र प्रदेशका पदाधिकारी, महासंघ सुदूरपश्चिमका संस्थापक अध्यक्ष अर्जुन शाह, पूर्व अध्यक्ष याेगेश रावल लगायतका पत्रकार तथा खत्रीका आफन्तकाे उल्लेख्य सहभागीता थियाे ।

drishtinepal

खत्रीकाे निधनले संगठनलाई अपूरणीय क्षति पुगेकाे बताउँदै महासचिव भानुभक्त आचार्यले उनकाे याेगदानकाे स्मरण गरेका थिए ।
रेडियो नेपालकाे दिपायल प्रशारण केन्द्रमा कार्यरत खत्री अढाई दशकदेखि पत्रकारितामा सक्रिय थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस