
बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–११ स्थित चैनपुर–ताक्लाकोट सडकखण्डअन्तर्गत सिमभाडीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।
प्राप्त विवरणअनुसार, भोपुरबाट चैनपुरतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४१९३ नम्बरको ट्याक्टर अचानक ब्रेक फेल भएपछि दुर्घटनामा परेको हो। ट्याक्टर सडकबाट करिब १५० मिटर तल खसेर सेती नदीमा पुगेको बताइएको छ।
उक्त ट्याक्टर कैलाली जिल्ला स्थायी घर भएका अन्दाजी ४१ वर्षीय राज चौधरीले चलाएका थिए। ट्याक्टरमा चालकसहित ६ जना सवार रहेको र दुर्घटनामा सबै जना घाइते भएको जनाइएको छ।
घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ। घटनाबारे थप जानकारी प्राप्त हुन बाँकी छ।