२०८३ आश्विन २४, शनिबार

बियर बोकेको ट्रक मर्स्याङ्दी नदी किनारमा खस्यो, बेपत्ता चालक सम्पर्कमा

बियर बोकेको ट्रक मर्स्याङ्दी नदी किनारमा खस्यो, बेपत्ता चालक सम्पर्कमा

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ठूल्ढुङ्गास्थित पृथ्वी राजमार्गबाट बियर बोकेको मिनी ट्रक मर्स्याङ्दी नदी किनारमा खसेको छ। दुर्घटनापछि बेपत्ता भएका ट्रकका चालक सम्पर्कमा आएका छन्।
शुक्रबार राति करिब साढे ९ बजे मुग्लिङबाट दमौलीतर्फ आउँदै गरेको बा.प्र.०६–००१ ख ०४१७ नम्बरको मिनी ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल मर्स्याङ्दी नदी किनारमा खसेको हो।
दुर्घटनापछि चालक सम्पर्कविहीन भएका थिए। पछि उनी सम्पर्कमा आएको जानकारी प्राप्त भएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस