२०८३ आश्विन ९, शुक्रबार

धुलिखेलमा सवारी होल्ड

बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड

बीपी राजमार्ग अवरुद्ध
बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड

अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट पूर्वतर्फ जाने सवारीसाधनलाई धुलिखेल चोकमा ‘होल्ड’ गरिएको छ ।

वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो खस्नुका साथै रोशी खोलाले सडक कटान गरेपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्कीका अनुसार नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी–११ को माम्तीमा पहिरो खसेको छ । चौकीडाँडामा रोशी खोलाले डाइभर्सनसमेत कटान गरेको प्रहरीले जनाएको छ ।

राजमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट धुलिखेल हुँदै पूर्वतर्फ जाने सवारीसाधनलाई धुलिखेलमा रोकिएको छ । काभ्रेभञ्ज्याङ र भकुण्डेमा समेत सवारीसाधन होल्ड गरिएको प्रहरीले जनाएको छ ।

अझै वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने प्रहरीले जनाएको छ । प्रहरीले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस