२०८३ आश्विन २५, आईतबार

बूढीगण्डकीको बाढीको जोखिमपछि वृद्धाश्रमका ज्येष्ठ नागरिक र गाईबस्तुको उद्धार

बूढीगण्डकीको बाढीको जोखिमपछि वृद्धाश्रमका ज्येष्ठ नागरिक र गाईबस्तुको उद्धार

असोज २५ । बूढीगण्डकी नदीमा आएको बाढीको भल वृद्धाश्रमको चौरसम्म पुगेपछि गोरखाको भीमसेन थापा गाउँपालिकास्थित बूढीगण्डकी वृद्धाश्रमका ज्येष्ठ नागरिक र गाईबस्तुलाई सुरक्षित स्थानमा सारिएको छ।

गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जाराका अनुसार नदी किनारमा रहेको वृद्धाश्रमको चौरसम्म बाढीको भल पसेपछि त्यहाँ रहेका ज्येष्ठ नागरिक तथा गाईबस्तुलाई टारीफाँटमा स्थानान्तरण गरिएको हो।

अध्यक्ष बञ्जाराले गाउँपालिकाको क्षेत्र नदीको तटभन्दा केही माथि रहेकाले अन्य स्थानको तुलनामा ठूलो क्षति नभएको जानकारी दिए। उनका अनुसार वृद्धाश्रमको भौतिक संरचनामा कुनै क्षति पुगेको छैन।

गाउँपालिकाका अन्य नदी तटीय क्षेत्रसमेत हालसम्म सुरक्षित रहेको उनले बताए।

बाढीबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक र पशुचौपायालाई समयमै सुरक्षित स्थानमा सारिएको गाउँपालिकाले जनाएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस