२०८३ आश्विन २०, मंगलबार

भक्तपुरमा प्लास्टिक कारखानामा आगलागी

भक्तपुरमा प्लास्टिक दाना बनाउने कारखानामा आगलागी, ४० लाखभन्दा बढीको क्षति

भक्तपुरको सूर्यविनायक–८ जगातीस्थित प्लास्टिक दाना बनाउने कारखानामा आगलागी हुँदा मेसिन र कच्चा पदार्थ जलेर नष्ट भएका छन्। ४० लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान।
भक्तपुरमा प्लास्टिक दाना बनाउने कारखानामा आगलागी, ४० लाखभन्दा बढीको क्षति

१९ असोज, भक्तपुर । सूर्यविनायक नगरपालिका–८, जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा सोमबार बिहान आगलागी भएको छ।

नवराज भट्टले सञ्चालन गरेको विके सप्लायर्समा बिहान आगलागी भएको हो। आगलागी भएपछि जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल, प्रहरी तथा स्थानीयवासीको सहयोगमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।

जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजय धौभडेलका अनुसार आगलागीबाट कारखानामा रहेका मेसिन तथा प्लास्टिकका कच्चा पदार्थ पूर्णरूपमा जलेर नष्ट भएका छन्।

आगलागीका कारण कारखानासँगै रहेको दिनेश मचामसीको घरमा समेत क्षति पुगेको उनले जानकारी दिए।

प्रहरीका अनुसार आगलागीबाट ४० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन।

घटनाबारे प्रहरीले मुचुल्का उठाउनेलगायत आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

यसैबीच, आगलागी भएलगत्तै बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर घटनास्थलमा पुगेका थिए। उनले आगलागीबाट क्षति भएको उद्योगको निरीक्षण गर्दै घटनाबारे जानकारी लिएका छन्।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस