२०८३ आश्विन १६, शुक्रबार

भोटेकोशी बाढी

भोटेकोशी बाढी : १ हजार ४ सय ५५ शव फेला, ४ हजार ७ सय १८ अझै बेपत्ता

भोटेकोशी बाढीमा शव फेला
भोटेकोशी बाढी : १ हजार ४ सय ५५ शव फेला, ४ हजार ७ सय १८ अझै बेपत्ता

१५ असोज, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ८ बजेसम्म १ हजार ४ सय ५५ जनाको शव फेला परेको छ ।

फेला परेका शवमध्ये रसुवामा २ सय ३६, नुवाकोटमा २ सय ४, धादिङमा ७३, चितवनमा ३ सय ६९, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३२ र नवलपरासी पश्चिममा २ सय २२ जनाको शव फेला परेको छ । यस्तै, काठमाडौंमा उपचारका क्रममा २ जनाको मृत्यु भएको विवरणमा उल्लेख छ ।

फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार ३ सय ३४ वटा शव व्यवस्थापन गरिएको छ । व्यवस्थापन गरिएका शवलाई माटोमुनि सुरक्षित राखिएको जनाइएको छ ।

शव पहिचानका लागि मृतकका १ हजार ३ सय ३० र आफन्तका २ हजार ६६ गरी कुल ३ हजार ३ सय ९६ वटा डीएनए नमुना संकलन गरिएको छ ।

यसैबीच बाढीपछि अझै ४ हजार ७ सय १८ जना बेपत्ता रहेको र उनीहरूको खोजी कार्य जारी रहेको जनाइएको छ ।

नेपाल प्रहरीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत तथा शव व्यवस्थापनलगायतका कामलाई निरन्तरता दिइरहेको जनाएको छ । उपलब्ध पछिल्लो प्रहरी विवरणमा पनि बेपत्ताको खोजी र शव पहिचान तथा व्यवस्थापनको काम जारी रहेको उल्लेख छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस