२०८३ आश्विन १, बिहिबार

मन्त्रिपरिषद् बैठकका ६ मुख्य निर्णय

मन्त्रिपरिषद् बैठकका ६ मुख्य निर्णय : डिजिटल शासनदेखि सचिव बढुवासम्म

मन्त्रिपरिषद् बैठकका ६ मुख्य निर्णय
मन्त्रिपरिषद् बैठकका ६ मुख्य निर्णय : डिजिटल शासनदेखि सचिव बढुवासम्म

भाद्र ३१ काठमाडौ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न विषयमा महत्वपूर्ण ६ वटा निर्णय गरेको छ। बैठकले सरकारी निर्णय प्रक्रियालाई डिजिटल र सरल बनाउनेदेखि विभिन्न उच्च तहका कर्मचारीको बढुवासम्मका निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू यस्ता छन् :
१. सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउने नियमावली स्वीकृत
सरकारी निर्णय प्रक्रियालाई सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली–२०८३ स्वीकृत गर्ने निर्णय गरिएको छ।
२. धितोपत्रको लाभमा अग्रिम करको व्यवस्था
नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका निकायको हितको निसर्गबाट प्राप्त लाभका धितोपत्रसम्बन्धी विनियम बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा ३.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा ५ प्रतिशत अग्रिम कर कायम गर्ने निर्णय गरिएको छ।
३. तीन जना अधिकृत विशिष्ट श्रेणीमा बढुवा
नेपाल न्याय सेवा, न्याय समूहका राजपत्रांकित प्रथम श्रेणीका अधिकृत खगेन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरिएको छ।
४. साउदी अरबमा मृत्यु वा घाइते भएका नेपालीको क्षतिपूर्ति प्रक्रिया अघि बढाइने
साउदी अरबमा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा तथा क्षतिपूर्ति रकमसम्बन्धी कानुनी कारबाहीका लागि साउदी नागरिक कानून व्यवसायीलाई वारेसनामा (पावर अफ अटर्नी) दिई बीमा तथा क्षतिपूर्तिको प्रक्रिया अघि बढाउनेसम्बन्धी आदेश जारी गर्ने निर्णय गरिएको छ।
५. चक्रिय राहत कोष सञ्चालन कार्यविधि स्वीकृत
मन्त्रिपरिषद्ले चक्रिय राहत कोष सञ्चालन कार्यविधि–२०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।
६. कालीप्रसाद पराजुली सचिवमा बढुवा
नेपाल प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरिएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस