२०८३ आश्विन १२, सोमबार

निरन्तर वर्षाका कारण मलेखु–मुग्लिङ सडकखण्डका १० स्थानमा पहिरो खसेको छ। चार स्थानमा सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ।

मलेखु–मुग्लिङ सडकमा पहिरो

सडक अवरुद्ध
मलेखु–मुग्लिङ सडकमा पहिरो

११ असोज, धादिङ । निरन्तर वर्षाका कारण मलेखु–मुग्लिङ सडकखण्डका विभिन्न १० स्थानमा पहिरो खस्नुका साथै सडक क्षति भएपछि यातायात आवागमन गम्भीर रूपमा प्रभावित भएको छ ।

कृष्णभीर, ज्यामिरेघाट–चौकीभीर, घोप्टेभीर र सिमलधारामा पहिरोका कारण सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ ।

फिस्लिङ क्षेत्रमा २०० मिटरभन्दा बढी सडक ठूलो ढुंगा, लेदो र रुखसहितको पहिरोले पुरिएको छ । यस्तै, धारापानीमा करिब ५० मिटर सडकको आधा भाग भत्किएको जनाइएको छ ।

अन्य केही स्थानमा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ । तर वर्षा नरोकिएकाले थप पहिरो खस्ने जोखिम उच्च रहेको छ । सडक पूर्ण रूपमा कहिले सञ्चालनमा आउँछ भन्ने यकिन हुन सकेको छैन ।

सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रु तथा सवारी चालकलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस