२०८३ आश्विन ९, शुक्रबार

यात्रा सावधानी

मलेखु–मुग्लिन सडकमा निरन्तर वर्षा, यात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह

मलेखु–मुग्लिन सडकमा वर्षा
मलेखु–मुग्लिन सडकमा निरन्तर वर्षा, यात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडक खण्डमा निरन्तर वर्षा भइरहेको भन्दै नागढुंगा–मुग्लिन सडक योजनाले यात्रु तथा चालकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि १२ गतेसम्म देशभर भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेपछि सडक योजनाले सूचना जारी गर्दै यात्राका क्रममा सावधानी अपनाउन आग्रह गरेको हो।

निरन्तर वर्षाका कारण सडकमा पहिरो जाने, सडक चिप्लिने तथा यातायात सञ्चालनमा अवरोध आउन सक्ने सम्भावना रहेकाले चालक तथा यात्रुलाई सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरिएको छ।

विशेषगरी जोखिमयुक्त क्षेत्रमा सवारीसाधन रोक्दा तथा यात्रा गर्दा थप सावधानी अपनाउन र सम्भावित सडक अवरोधबारे जानकारी लिएर मात्रै गन्तव्यतर्फ जान सडक योजनाले अनुरोध गरेको छ।

वर्षाका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले यात्रु तथा चालकलाई आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस