२०८३ आश्विन २८, बुधबार

महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला

महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला

कञ्चनपुर । भत्किएको झोलुङ्गे पुलसँगै चुँडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) सागरराज थारूको शव फेला परेको छ।
भत्किएको झोलुङ्गे पुलको तारमा अड्किएको अवस्थामा थारूको शव फेला परेको हो। नदीमा पानीको बहाव तीव्र रहेकाले शव निकाल्न कठिनाइ भइरहेको छ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार थारूको शव रहेको स्थान पहिचान भइसकेको छ। तार तान्ने क्रममा उनी त्यहीँ अड्किएको हुन सक्ने उनले बताए।
शव रहेको स्थानबाट सशस्त्र प्रहरीको टी–सर्ट लगाएको व्यक्ति तारमा अड्किएको देखिएको प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिए। तीव्र बहावका कारण शव निकाल्न चुनौती भइरहेको उनको भनाइ छ।
शव निकाल्न गोताखोर टोली र नेपाली सेनाले प्रयास गरिरहेका छन्। आवश्यक परे नदीको बहाव कम गर्न जेसीबी प्रयोग गर्ने तयारीसमेत गरिएको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस