२०८३ आश्विन २२, बिहिबार

महिला यात्रु सुरक्षा

महिला यात्रुलाई चालक नजिकको सिट नदिन यातायात व्यवसायीको आग्रह

महिला यात्रुलाई चालक नजिकको सिट नदिन यातायात व्यवसायीको आग्रह
महिला यात्रुलाई चालक नजिकको सिट नदिन यातायात व्यवसायीको आग्रह

२२ असोज, काठमाडौं । राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्षले सार्वजनिक बसमा टिकट काट्दा महिला यात्रुलाई चालक नजिकको सिट नदिन आग्रह गरेका छन् ।

महिला यात्रुको सुरक्षालाई ध्यानमा राख्दै टिकट वितरण गर्दा चालक नजिकको सिटमा महिलालाई नपार्न यातायात व्यवसायी तथा टिकट काउण्टरमा कार्यरत कर्मचारीलाई आग्रह गरिएको हो ।

महिलाका लागि सार्वजनिक यातायातको यात्रा थप सुरक्षित र सहज बनाउन टिकट काट्ने क्रममा सिट व्यवस्थापनमा समेत विशेष ध्यान दिनुपर्ने महासंघ अध्यक्षको भनाइ छ ।

उनले यात्रुको सुरक्षा र सहज यात्रालाई प्राथमिकतामा राख्दै टिकट काउण्टरबाटै सिट व्यवस्थापनमा सावधानी अपनाउन यातायात व्यवसायी तथा कर्मचारीलाई आग्रह गरेका हुन् ।

विशेषगरी लामो दूरीका सार्वजनिक सवारी साधनमा महिला यात्रुको सुरक्षालाई ध्यानमा राखेर सिट व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

यात्राका क्रममा महिला यात्रुले सहज र सुरक्षित महसुस गर्ने वातावरण बनाउन यातायात व्यवसायी, चालक, सहचालक तथा टिकट काउण्टरका कर्मचारीको समेत भूमिका महत्वपूर्ण हुने बताइएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस