२०८३ आश्विन २७, मंगलबार

महिला सांसदलाई धम्की दिएको अडियो सार्वजनिक भएपछि खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा रोक

महिला सांसदलाई धम्की दिएको अडियो सार्वजनिक भएपछि खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा रोक

२७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।

एक महिला सांसदलाई धम्की दिएको र ब्ल्याकमेलिङ गरेको भनिएको अडियो सार्वजनिक भएपछि रास्वपाले सुनारलाई औपचारिक कार्यक्रममा सहभागी हुन रोक लगाएको हो ।

रास्वपाका महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको जानकारी गराएका छन् ।

विज्ञप्तिअनुसार छानबिन प्रक्रिया प्रभावित हुन नदिन र पदीय नैतिकता कायम राख्न अनुसन्धान निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको छ ।

पार्टीले सार्वजनिक भएको अडियोसँग सम्बन्धित विषयको सत्यतथ्य पत्ता लगाउन आन्तरिक छानबिन अघि बढाएको जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस