२०८३ आश्विन १०, शनिबार

मुख्यमन्त्री किरण थापा

मुख्यमन्त्री किरण थापाले प्रत्येक आइतबार पार्टी कार्यकर्तासँग भेटघाट गर्ने

बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टी कार्यकर्तासँग प्रत्येक आइतबार दिउँसो १ देखि ३ बजेसम्म भेटघाट
मुख्यमन्त्री किरण थापाले प्रत्येक आइतबार पार्टी कार्यकर्तासँग भेटघाट गर्ने

११ असोज, काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापाले प्रदेशका १३ वटै जिल्लाका पार्टी कार्यकर्तासँग नियमित भेटघाट गर्ने समय तालिका तय भएको छ ।
तय गरिएको समय तालिकाअनुसार मुख्यमन्त्री थापाले प्रत्येक आइतबार अपराह्न १ बजेदेखि ३ बजेसम्म बागमती प्रदेशका विभिन्न जिल्लाबाट आउने पार्टी कार्यकर्तासँग भेटघाट गर्नेछन् ।
यसैअनुसार भोलि अर्थात् २०८३ साल असोज ११ गते आइतबार दिउँसो १ बजे मुख्यमन्त्री थापालाई पार्टी प्रदेश कार्यालयमा स्वागत गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।
पार्टीका १३ वटै जिल्लाका कार्यकर्ता तथा पार्टी पंक्तिसँग प्रत्यक्ष भेटघाट तथा छलफल गर्ने उद्देश्यले नियमित भेटघाटको समय तालिका निर्धारण गरिएको जानकारी गराइएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस