
१६ चैत्र, काठमाडौं ।नेकपा एमाले सचिव महेश बस्ने ‘भूमिगत’ बनेको व्यापक हल्ला चलिरहँदा उनी सामाजिक सञ्जालमा पूर्ववत सक्रिय देखिएका छन् । हिजो साँझ केही घण्टा उनको मोबाइल अफ हुँदा ‘भूमिगत’ बनेको हल्ला सुरू भएको थियो । सचिव बस्नेतले स्टाटस लेख्दै आज दिउँसो माइतीघर मण्डलामा आयोजना हुने विरोध कार्यक्रममा आउन आह्वान गरेका छन् । बालेन नेतृत्वको सरकार अधिनायकवादी र निरंकूश शैलीमा अघि बढिरहेको उनको टिप्पणी छ । स्टाटसमा उनले सुदन गुरुङलाई ‘कथित गृहमन्त्री’ भनेका छन् । आन्दोलनको मोर्चामा भेट हुने बताएका छन् ।