२०८३ आश्विन २०, मंगलबार

मन्त्रिपरिषद्

यस्ता छन् मन्त्रिपरिषद्का सोमबारका ५ निर्णय

सोमबार बसेको मन्त्रिपरिषद् बैठक
यस्ता छन् मन्त्रिपरिषद्का सोमबारका ५ निर्णय

१९ असोज, काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका ५ वटा मुख्य निर्णय सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् । उनका अनुसार बैठकले स्वच्छ ऊर्जा कार्यक्रमका लागि अनुदान स्वीकार गर्नेदेखि सचिव बढुवासम्मका निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय :

१. नर्वेबाट करिब १० करोड रुपैयाँ अनुदान स्वीकार गर्ने

नगरपालिकाहरूमा स्वच्छ ऊर्जा तथा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्न स्वीकृति दिने निर्णय गरिएको छ ।

२. नेपाल इन्जिनियरिङ सेवा नियमावली संशोधन स्वीकृत

नेपाल इन्जिनियरिङ सेवा, गठन, समूह तथा श्रेणी विभाजन र नियुक्तिसम्बन्धी दोस्रो संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने निर्णय गरिएको छ ।

३. वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत

मन्त्रिपरिषद् बैठकले वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ समेत स्वीकृत गरेको छ ।

४. जेनजी आन्दोलनसम्बन्धी मुद्दाको प्रतिवेदन गृह मन्त्रालय पठाउने

जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिनेबारे छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गृह मन्त्रालयमा पठाउने निर्णय भएको छ ।

५. पद्मकुमार मैनाली सचिवमा बढुवा

सहसचिव पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस