
काठमाडौं । रसुवामा आएको बाढीपछि थप जोखिमको अवस्था पहिचान तथा आवश्यक तयारीबारे काठमाडौंमा उच्चस्तरीय बैठक बसेको छ।
बैठकमा रसुवामा बाढीका कारण उत्पन्न अवस्था, सम्भावित थप जोखिम, प्रभावित क्षेत्रको सुरक्षा तथा उद्धार र राहत व्यवस्थापनबारे छलफल भएको छ।
बाढीपछि प्रभावित क्षेत्रमा थप क्षति हुन सक्ने सम्भावित स्थानको पहिचान गरी जोखिम न्यूनीकरणका लागि आवश्यक कदम चाल्ने विषयमा समेत बैठकमा छलफल गरिएको जनाइएको छ।
सम्बन्धित निकायका प्रतिनिधिहरू सहभागी बैठकमा प्रभावित नागरिकको सुरक्षा, उद्धार तथा पुनःस्थापनालाई प्राथमिकतामा राख्ने विषयमा जोड दिइएको छ।
त्यस्तै, जोखिमयुक्त क्षेत्रमा आवश्यक सुरक्षा सतर्कता अपनाउने, सूचना प्रणालीलाई प्रभावकारी बनाउने तथा विपद् व्यवस्थापनका लागि सम्बन्धित निकायबीच समन्वय बढाउने विषयमा समेत छलफल भएको बताइएको छ।
रसुवामा बाढीपछि उत्पन्न अवस्थालाई मध्यनजर गर्दै सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी अघि बढाइने जनाइएको छ