२०८३ भाद्र १७, बुधबार

राजनितिक

रसुवा बाढीमा सरकार सामाजिक सञ्जालमै अल्झियो : कांग्रेस नेता आङ्देम्बे

सरकार फेसवुकमा
रसुवा बाढीमा सरकार सामाजिक सञ्जालमै अल्झियो : कांग्रेस नेता आङ्देम्बे

काठमाडौं, भदौ १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रसुवा बाढीबाट प्रभावित समुदायसम्म सरकार प्रभावकारी रूपमा पुग्न नसकेको आरोप लगाएको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले विपद्को गम्भीरतालाई बुझ्न नसकेको र सामाजिक सञ्जालमै बढी केन्द्रित हुँदा प्रभावित नागरिकसम्म आवश्यक सहयोग समयमै पुग्न नसकेको टिप्पणी गरेका हुन्।

नेता आङ्देम्बेले रसुवा, नुवाकोट र धादिङलगायत बाढी प्रभावित क्षेत्रमा अझै पनि धेरै नागरिक राहत, उद्धार तथा पुनःस्थापनाको पर्खाइमा रहेको उल्लेख गर्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए।

उनले विपद्को समयमा प्रचारमुखी गतिविधिभन्दा प्रभावित नागरिकको उद्धार, राहत वितरण र पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई आग्रह गरे। बाढीबाट विस्थापित तथा पीडित परिवारको अवस्था अझै कष्टकर रहेको भन्दै राज्यका सबै संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने उनको भनाइ थियो।

प्रतिनिधिसभा बैठकमा बोल्दै आङ्देम्बेले विपद्को बेला सरकार सामाजिक सञ्जालमा देखिने गतिविधिभन्दा प्रत्यक्ष रूपमा प्रभावित समुदायको बीचमा पुगेर समस्या समाधानमा केन्द्रित हुनुपर्ने धारणा राखे।

रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा बेपत्ताको खोजी कार्य जारी रहे पनि राहत वितरण र व्यवस्थापनलाई लिएर विभिन्न पक्षबाट प्रश्न उठ्दै आएका छन्।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस