२०८२ अषाढ १७, मंगलबार

खानेपानी

लिति बासीको खानेपानी खेप्नु पर्ने बाध्यता टर्‍यो, २ सय ५ घरमा एक घर एक धारा

थाहा नगर प्रमुख विष्णु वहादुर विष्ट द्धारा एक घर एक धारा उदघाटन,
लिति बासीको खानेपानी खेप्नु पर्ने बाध्यता टर्‍यो, २ सय ५ घरमा एक घर एक धारा

३१ जेष्ठ, मकवानपुर / मकवापुर जिल्लाको थाहा नगरपालिका वडा नं. १२ स्थित लितिमा एक घर एक धारा योजना कार्यक्रका प्रमुख अतिथि थाहा नगरपालिका नगर प्रमुख विष्णु वहादुर विष्टले पानसमा वत्तिबालेर कार्यक्रम उद्धघाटन गर्नुको साथै लिति आधारभुत स्वास्थ्य चौकीमा निमार्ण गरीएको नवनिर्मित धारा खोलेर नगर प्रमुख विष्णु वहादुर विष्ट, दातृनिकायका प्रतिनिधि चोइस नेपालका कार्यकारी निर्देशक प्रतिक शर्मा र जनप्रतिनिधि सहितले एक घर एक धारा अर्न्तगत २ सय ५ खानेपानी धारा शुक्रवार उद्धघाटन गर्नु भएको छ ।

drishtinepal
उद्धघाटन कार्यक्रममा नगर प्रमुख विष्टले भन्नु भयो एक घर एक धारा निमार्णको लागि थाहा नगरपालिकाले ४० प्रतिशत र चोइस नेपालबाट ६० प्रतिशत स्थानिय जनश्रमदानबाट यस खानेपानी योजना सफल भएको भन्दै स्थानिय उपभोक्ता र चोइस नेपाललाई धन्वाद व्यक्त गर्नु भयो । थाहा नगरपालिकाको लागि चोइस नेपाल संस्थाले खानेपानीको मात्र समस्या हेरेको छैन कि गर्ववती महिलाको लागि वर्थिङ्ग सेन्टर, कोरोना महामारी जस्तो रोगले विश्व आक्रात भएको कठिन परिस्थिति जस्ता हरेक क्षेत्रमा यस संस्थाले थाहा नगरपालिकाको लागि हरेक दुःखमा साथ दिएको भन्दै नगर प्रमुख विष्टले सो संस्थालाई धन्यवाद दोहोराउनु भयो भने खानेपानी योजना दिर्घकालिन सम्म संचालन र मर्मत लगाएत अन्य समस्यालाई सहज वनाउन उपभोक्ता समितिलाई थाहा नगरपालिकाको खानेपानी विकास वोर्डमा आउनको लागि पनि खानेपानी उपभोक्ता समुहलाई अग्रह गर्नु साथै विकास वोर्डमा आए उपभोक्ता समुहलाई सजह हुने वताउनु भयो ।

drishtinepal
थाहा नगरपालिका वडा नं. १२ को लिति गाउँमा विषेश गरी तामाङ जातिहरुको बहुल्यता रहेको छ । गाउँमा खानेपानी नहुदा एक आधा घण्टा खानेपानी खेप्नु पर्ने बाध्यता अव भने लिति वासीको लागि टरेको छ । थाहा नगरपालिका, चोइस नेपाल र श्रमदानबाट १ वर्ष ६ महिनामा लिति खानेपानी योजना सम्पन्न भए पछि लिति बासीको खानेपानी खेप्नु पर्ने समस्या टरेको हो । मेलखोलाको मुहानबाट १९ किलो मिटर पाइप लाइन रहेको यस योजनामा ६ वटा पानी ट्यांकी निमार्ण गरी एक घर एक धारो प्रत्येक घरमा निमार्ण भएको छ । पिउने पानी घर घरमा आए पछि सुविधा संगै खानेपानी खेप लाउनु पर्ने समयको पनि वचत भएको स्थानियवासी वताउ छन् ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख विष्णु वहादुर विष्ट र चोइस नेपालले लिति खानेपानी उपभोक्ता समुहलाई योजना हस्तान्तरण समेत गर्नु भएको छ । सो कार्यक्रममा दुृष्टि नेपाल अनलाइन खवर पत्रिकाका प्रधान सम्पादक तथा अध्यक्ष बाशु श्रेष्ठलाई सम्मान गर्नुका साथै जग्गा दाताहरुलाई पनि सम्मान गरेको थियो भने लितिमा रहेको विद्यालयका विद्यार्थीहरुलाई पनि चोइस नेपालले छात्रवृत्ति प्रदान गरेको छ ।

drishtinepal
सो कार्यक्रममा लितिका स्थानिय कलाकारहरुले अतिथि पाहुनाहरुलाई आफ्नो नित्य कला प्रस्तुतबाट मनोरञ्जन दिइएको थियो भने यू एस ए दातृनिकायबाट आउनु भएको अतिथि पाहुनाहरुले पनि अमेरीकी कल्चर प्रोग्राम हेर्ने अवसर लितिका स्थनियबासीहरुका लागि जुरायो भने सो अवसरले दुई देशको कला सस्कृतिले उद्धघाटन कार्यक्रम झनै रोमाञ्चक वनेको थियो ।

भिडियाे लिंक


यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस