१८ असार, ललितपुर / लोकतान्त्रिक आदिवासी जनजाति महा संघ नेपालको घटक संगठन लोकतान्त्रिक नेवाः संघ को अधिवेशन आयोजक कमिटी गठन भएको छ । नेकपा एमाले स्थायी कमिटी सदस्य कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा भएको भेलाले लोकतान्त्रिक आदिवासी जनजाति महासंघ उप महासचिव तथा नेवा इन्चार्ज प्रेम श्रेष्ठ संयोजक र सचिव किरण श्रेष्ठ सहित १ सय २१ जना लोकतान्त्रिक नेवाः संघ आयोजक रहने गरी उपस्थित भेलाले पास गरेको छ ।
भने ललितपुरको च्यासलमा मंगलवार वसेको भेलाले ६ महिना भित्र प्रदेश अधिवेशन सहित केन्द्रिय अधिवेशन गर्ने संयोजक श्रेष्ठले प्रतिवदता व्यक्त गर्नु भएको छ । उक्त अधिवेशन आयोजक भेला कार्यक्रममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल इन्चार्ज तथा नेकपा एमाले स्थायि कमिटी सदस्य थममाया थापा नेकपा एमाले केन्द्रिय सदस्य सुजिता शाक्य नेकपा एमाले केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज हरी कृष्ण वेन्जेन्कार लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल केन्द्रिय अध्यक्ष तथा नेकपा एमाले केन्द्रिय सदस्य पासाङ शेर्पा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल केन्द्रिय उपाध्यक्ष तथा नेकपा एमाले केन्द्रिय सदस्य मिना गुरुङ लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल केन्द्रिय उपाध्यक्ष विजय सिंह लोप्चन, महासचिव देवराज राई सचिव हर्क तामाङ, मन्दिरा श्रेष्ठ सल्लाकार परिषद संयोजक राजेन्द्र श्रेष्ठ काठमाण्डौ महानगरपालिका पूर्व नगर प्रमुख विद्या सुन्दर शाक्य लाेकत्रान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल बागमती प्रदेश अध्यक्ष बाशु श्रेष्ठ लगाएत विभिन्न जिल्लाबाट आयोजक सदस्यहरुको उपस्थिति रहेको थियो ।
तस्विर ……..