धादिङको धुनिवेशी नगरपालिका वडा नं. ५ भुवनेश्वरी माध्यामिक विद्यालयको प्रङगणमा आज शनिवार विहानै देखी चहल पहल सहितको मासिहरुको उपस्थिति रहेको थियो । जुन चहल पहल अन्य कार्यको लागि नभै एउटा मानिस कसरी निरोगि वन्न सक्छ आफु कसरी खुशी हुने अनि हाम्रो दैनिकी के हो कहाँबाट सुरु गर्ने जस्ता विषयको ज्ञान लिनको लागि भएको चहल पहल थियो ।
जिवन विज्ञान धादिङले आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि योग गुरुदेव भानुले उद्धघाटन गर्नु भएको थियो ।
धुनिवेशी नगरपालिका नगर प्रमुख बालकृष्ण आचार्य उप प्रमुख सुरज उप्रेती सहित धुनिवेशीवासी र थाक्रे गाउँपालिका अध्यक्ष रामकुमाुर आचार्य उपाध्यक्ष यन्त्र वहादुर थापा जिन्दगी लगाएत थाक्रेवासीको कार्यक्रममा उपस्थिति थियो ।
योग आजको आवश्यकता हो जसले योग र ध्यान गर्यो उ निरोगि भयो जसले राम्रो कामबाट सुरु गर्छ उ सफल हुन्छ जसका लागि पनि योग आवश्यक भएको भन्दै गुरुदेव भानुले वताए । जिवन विज्ञानको केन्द्रिय कार्यालय यसै धादिङ जिल्लाको थाक्रे गाउँपालिकामा वन्न लागे पनि योग गुरु भानुले वताउनु भयो ।