
काठमाडौं । विश्लेषक भरत दाहालको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ।
दाहालको तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि न्यायाधीश रेग्मीको इजलासमा सुनुवाइ हुने भएको हो।
रिटमा दाहाललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहाइको माग गरिएको जनाइएको छ।
उक्त रिटमाथि इजलासले गर्ने सुनुवाइपछि थप प्रक्रिया अघि बढ्नेछ।