२०८३ आश्विन २७, मंगलबार

संसदीय सुनुवाइ समितिमा नेपाली भाषामा बोल्न सभापति श्रेष्ठको रुलिङ

संसदीय सुनुवाइ समितिमा नेपाली भाषामा बोल्न सभापति श्रेष्ठको रुलिङ

२७ असोज, काठमाडौं । संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले समितिको बैठकमा सकेसम्म नेपाली भाषामा बोल्न निर्देशन दिएका छन् ।

सोमबार जारी समितिको बैठकको सुरुमै सभापति श्रेष्ठले सकेसम्म नेपाली भाषामा बोल्न सांसदहरूलाई रुलिङ गरेका हुन् । यद्यपि, कतिपय उद्धरण अंग्रेजी भाषामै गर्न सकिने उनको भनाइ छ ।

यसअघि बसेको समितिको बैठकमा नेकपाका नेता वर्षमान पुनले सांसदहरूले नेपाली भाषामै प्रश्न गर्नुपर्ने गरी सभापतिबाट रुलिङ हुनुपर्ने माग राखेका थिए ।

संसदीय सुनुवाइ समितिमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ भइरहेको छ । सोमबार भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गरिएको थियो ।

आज बाँकी देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ भइरहेको छ । राजदूत नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको योग्यता, अनुभव तथा कार्ययोजनाबारे समितिले सुनुवाइ गर्दै आएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस