
सर्लाही । सर्लाहीमा दुई थान पेस्तोलसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बागमती नगरपालिका–१ निवासी ४८ वर्षीय मेघराज भन्ने बाबु थापा रहेका छन्।
प्रहरीका अनुसार बिहीबार बिहान उनलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले उनको घरमा तलासी गर्दा दुई थान पेस्तोल बरामद गरेको जनाएको छ।
प्रहरीले पेस्तोलसँगै तीन थान म्याग्जिन र १५ राउण्ड गोलीसमेत बरामद गरेको छ।
पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।