२०८२ पौष ११, शुक्रबार

सामुदायिक वन

सामुदायिक वनको योजना तर्जुमा गोष्ठी सम्पन्न

सामुदायिक वनबाट आय आर्जन
सामुदायिक वनको योजना तर्जुमा गोष्ठी सम्पन्न

११ पौष, धादिङ/ नौविसे सव डिभिजन वन कार्यालयको आयोजनामा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । नौविसे सव डिभिजन वन कार्यालय खानिखोलामा भएको गोष्ठीमा देवराज घिमिरेको अध्यक्षतामा धुनिवेशि नगरपालिका वडा नं ३ का वडा अध्यक्ष धुनिवेशि बिपत ब्यबस्थापन समितिका संयोजक प्रकाश हमालको प्रमुख आतिथ्यमा कार्यक्रम सप्पन्न भएको हो ।

drishtinepal

धादिङ्ग जिल्लामा ७ सय १८ सामुदायिक वन रहेको छ भने धुनिवेशि नगरपालिकमा १८ वटा कबुलियत वन र ३५ वटा सामुदायिक वन रहेको छ । वसन्त ऋतु संगै गर्मि मौसम सुरु हुने समय पनि आउदै गर्दा गर्मि मौसममा वन डडेलो र आगलागिको घटना जस्ता हुने हुदा सावधानी र वनको संरक्षण गरी आए आर्जनको बाटो कसरी गर्न सकिन्छ र आगामी कार्ययोजनाका बिषयहरु गोष्ठीमा छलफल भएको थियो ।

drishtinepal
छलफलमा सुंगुरे सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बाशु श्रेष्ठले बार्षिक कार्ययोजना अन्तर्गत त्रिभुवन राजपथ र काठमाडौ संग जोडिएको धुनिवेशि नगरपालिका वडा नं ८ सुंगुरे सामुदायिक वन पर्या पर्यटन प्रवधनको प्रचुर सम्भावना बोकेको स्थान भएकोले त्रिभुवन राजमार्गमा यात्रा गर्ने यात्रुहरुका लागि मार्केट सेट जहाँ खाने पानीको लागि ढुङ्गेधारा, शौचालय, चमेना गृह, गोला घर, सुचना केन्द्र बन्ने छ भने सुंगुरे सामुदायिक वन क्षेत्रमा वन देवी, इच्छाकामना देवी र चक्रदेवी मन्दिर रहेकोले धार्मिक पर्यटन प्रवधन गर्नका लागि मन्दिर संरक्षण र ब्यबस्थापन गरिने श्रेष्ठले बताए

drishtinepal

भने पार्कमा भएका झाडीहरु फडानी गरी धुपि र असोक लगाई हरियाली पार्क निर्माण गरिने र सालकको प्रतिमा बनाई सालक पार्क बनाईने मिनि चिडियाखानाको अबधारणा अनुसार खर्केडाँडा पार्कमा कालिज, मयुर, मृग,सालक लागयत वन्यजन्तु संरक्षण गरी प्रर्दशमा राखिने छ ।

drishtinepal

प्रदेश सरकार पर्यटन विकास आयोजनाबाट विनोजित रु ८ लाखको बजेटबाट २ वटा नेपाली मौलिकता झल्किने प्रवेश द्वार निर्माण गरिने छलफलमा अध्यक्ष बाशु श्रेष्ठले बताए । शुक्रबार भएको योजना तर्जुमा गोष्ठीमा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष, सचिव,र सदस्य प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस