२०८३ कार्तिक २, आईतबार

सिन्धुलीमा जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु, तीन जना बेपत्ता

सिन्धुलीमा जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु, तीन जना बेपत्ता

सिन्धुली । काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको यात्रुवाहक जिप सिन्धुलीमा दुर्घटना हुँदा तीन जना महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। दुर्घटनामा परी तीन जना नदीमा बेपत्ता भएका छन्।
प्राप्त विवरणअनुसार को १ ज २९७६ नम्बरको जिप मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानबाट सुनकोशी नदीमा खसेको हो।
दुर्घटनापछि घटनास्थलमा उद्धार कार्य सुरु गरिएको छ। बेपत्ता भएकाहरूको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरी परिचालन भएका छन्।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस