
२७ पौष, धादिङ / सुंगुरे सामुदायिक वन उपभोक्ता समितिको ४० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रवार पौष २५ गते धुनिवेशि नगरपालिका वडा नं ८ खर्केडाडामा भएको साधारण सभा कार्यक्रममा श्री सुंगुरे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बाशु श्रेष्ठको अध्यक्षता प्रमुख अतिथि सव डिभिजन वन अधिकृत देवराज घिमिरेको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अतिथि नौविसे सव डिभिजन कार्यालयका रेन्जर राम कुमार श्रेष्ठ धुनिवेशि नगरपलिका वडा नं ८ का वडा सदस्य राजकुमार भण्डारी लगायत समुह सदस्यहरुको उपस्थिति रहेको थियो ।
४०औं साधारणसभामा सुंगुरे सामुदायिक वन उपभोक्ता समितिलाई वन देवी सामुदायिक वन उपभोक्ता समिति बनाउने साधारण सभाबाट सर्वसम्मत पारित हुनुको साथै खर्केडाडा पिक्निक स्पटमा हेरालु सहित ५ बर्षका लागि निशुल्क काम कार्य गर्न दिने र पिक्निक क्षेत्रमा भित्र रहेको इच्छा कामना मन्दिर निर्माण, साथै पिक्निक क्षेत्रमा रहेको टष्टलाई पुन मिर्माण गरिने सो साधारण सभाबाट पारित भएको छ ।
धुनिवेशि नगरपालिका वडा नं८ त्रिभुवन राजपथ र काठमाडौको सिमाना भएको धुनिवेशि नगरपालिकाको पहिलो प्रस्तावित खर्केडाडा पिक्निक स्पटले पर्या पर्यटन प्रवधन गर्नका लागि मार्केट सेट प्रवेश द्वार, बाल उथान, मिनि चिडिया खाना भ्यु सेन्टर अर्थात मचान लगायत संरचना निर्माणले खर्केडाडा पिक्निक स्पटले मुर्तरुप लिनेमा बिश्वास गरिएको छ ।

प्रमुख अतिथि देवराज घिमिरेले सुंगुरे साम्मुदायिक वन उपभोक्ता समिति बार्षिक साधारण सभा गर्ने यस वर्षको पहिलो उपभोक्ता समुह भएको र यस समुहले सक्रियता देखाएको प्रति खुशी ब्यक्त गर्नु भयो । यो प्रस्तावित वनदेवी सामुदायिक वन पर्या पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकोले सव डिभिजन वन र डिभिजन वन कार्यालयवाट पुर्ण सहयोग हुने वन अधिकृत घिमिरेले भन्नु भयो । सामुदायिक वन धादिङ्ग जिल्लामा ७ सय १८ सामुदायिक वन रहेको छ भने धुनिवेशि नगरपालिकमा १८ वटा कबुलियत वन र ३५ वटा सामुदायिक वन रहेको छ । वन संरक्षण कसरी गर्न सकिन्छ र वन क्षेत्रको नियम कानुन र बिधिको बिषयमा बार्षिक साधारण सभा कार्यक्रममा बताउनु भयो ।
त्रिभुवन राजपथ संगै जोडिएको प्रस्तावित परिवर्तित नाम वनदेवी सामुदायिक वनमा मार्केट सेट निर्माण हुदै छ सो स्थनवाट सिंडीको पैदल यात्रा हुदै वन देवी दर्शन र वनदेवी दर्शन पश्चात् फेरी सिंडीको पैदल यात्रा हुदै खर्केडाँडा पिक्निक स्पट पुग्न सकिन्छ । त्यहाँ पुगे पछि पिक्निक स्पट संगै रहेको चक्रदेवी मन्दिर दर्शन गर्न सकिन्छ । चक्रदेवीको दर्शन पश्चात् खर्केडाडाको अबलोकन संगै इच्छा कामना मन्दिर दर्शन गर्न सकिन्छ भने काठमाडौ जिल्लाको नागढुङ्गा, नुवाकोट जिल्लाको ककनी रसुवा जिल्लाको लांटाङ हिमाल, धादिङ जिल्लाको गणेश हिमाल लगातका मनोरम हिमश्रंखलाहरु देख्न सकिन्छ ।

खर्केडाडा पिक्निक स्पट मात्र नभै यस क्षेत्र धार्मिक पर्यटक स्थल संगै पर्या पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको क्षेत्र हो । यस क्षेत्रलाई पर्या पर्यटन क्षेत्र बनाउन सके आर्थिक उपार्जनको राम्रो श्रोत बन्नेमा दुई मत छैन जसका लागि सम्पुर्ण लाग्नु पर्ने आवश्यक देखिन्छ । सकिन्छ ।