२०८३ आश्विन २७, मंगलबार

सुनकोशी नदी किनारमा पहिचान नखुलेको पुरुषको शव फेला

सुनकोशी नदी किनारमा पहिचान नखुलेको पुरुषको शव फेला

२७ असोज, काठमाडौं । सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदी किनारमा पहिचान खुल्न नसकेको एक पुरुषको शव फेला परेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन बेस खुर्कोट र नेपाल प्रहरीको संयुक्त टोलीले सोमबार गोलञ्जोर गाउँपालिका–३, खुर्कोटस्थित सुनकोशी नदी किनारमा पुरुषको शव फेला पारेको हो ।

सशस्त्र प्रहरी बलका अनुसार २०८३ असोज २७ गते फेला परेको शवलाई संयुक्त टोलीले आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायलाई बुझाएको छ ।

फेला परेको पुरुषको पहिचान खुल्न सकेको छैन । उनको मृत्युको कारण र घटनासम्बन्धी अन्य विवरणसमेत हालसम्म प्राप्त भएको छैन ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस