२०८३ कार्तिक ९, आईतबार

सुनको मूल्य

सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ११ हजार ६०० रुपैयाँले सस्तियो

सुनको मूल्य एकैदिन तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो
सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ११ हजार ६०० रुपैयाँले सस्तियो

दसैँपछिको पहिलो कारोबार दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज ३० गते प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँ रहेको सुनको मूल्य आइतबार घटेर २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ।
त्यस्तै, सुनको मूल्य प्रतिदश ग्राम २ लाख ३८ हजार ७७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। दसैँअघि प्रतिदश ग्राम सुनको मूल्य २ लाख ४८ हजार ७१५ रुपैयाँ थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। दसैँअघि प्रतितोला ४ हजार १५० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार घटेर ३ हजार ९५५ रुपैयाँ कायम भएको छ।
महासंघका अनुसार चाँदीको मूल्य प्रतिदश ग्राम ३ हजार ३९१ रुपैयाँ कायम भएको छ। दसैँअघि प्रतिदश ग्राम चाँदीको मूल्य ३ हजार ५५८ रुपैयाँ थियो।
दसैँपछि बजार खुलेसँगै सुनचाँदीको मूल्यमा आएको गिरावटले उपभोक्ता तथा व्यवसायीको ध्यान तानेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस