२०८३ कार्तिक २, आईतबार

नेपाल सुनचाँदी व्यवसायी महासंघ

सुनको मूल्य तोलामा ३२ सय रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो

आजको सुनको मूल्य
सुनको मूल्य तोलामा ३२ सय रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं, ८ असोज । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले घटेको हो।

महासंघले बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ तोकेको छ। बुधबार सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १६५ रुपैयाँले घटेर ४ हजार ६ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

बुधबार चाँदी प्रतितोला ४ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

धातु बुधबारको मूल्य बिहीबारको मूल्य परिवर्तन
सुन रु. ३,०२,३०० रु. २,९९,१०० रु. ३,२०० घट्यो
चाँदी रु. ४,८१५ रु. ४,६५० रु. १६५ घट्यो

महासंघले दैनिक अन्तर्राष्ट्रिय बजारको मूल्य तथा अन्य बजार सूचकका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस