२०८३ आश्विन ५, सोमबार

सुनसरीमा गोली प्रहार

सुनसरीमा गोली प्रहारबाट घाइते युवकको शरीरबाट बुलेट निकालियो

सुनसरीमा गोली प्रहार
सुनसरीमा गोली प्रहारबाट घाइते युवकको शरीरबाट बुलेट निकालियो

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली प्रहारबाट घाइते भएका १९ वर्षीय नीरजकुमार यादवको शरीरबाट चिकित्सकले बुलेट निकालेका छन्।

शनिबार साँझ गोली लागेर घाइते भएका यादवको विराटनगरस्थित नोबेल अस्पतालमा शल्यक्रिया गरिएको थियो। उनको दायाँ खुट्टाको माथिल्लो भागमा गोली लागेको थियो।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले देवानगञ्ज–२ का जयकिशोर यादव र विष्णुकुमार यादवलाई पक्राउ गरेको छ। घटनामा संलग्न अन्य चार जना फरार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले बताएका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार युवतीसँग सम्बन्धित विवादका कारण गोली प्रहार भएको देखिएको छ। गोली प्रहार गर्ने र घाइते युवक पूर्वपरिचित रहेको प्रहरीले जनाएको छ।

फरार आरोपितहरूको पहिचान खुलेको र उनीहरूलाई पक्राउ गरेपछि घटनाको थप विवरण खुल्ने डीएसपी खड्काले बताए।

यादवको शरीरबाट निकालिएको बुलेट परीक्षण गरी कुन हतियारबाट गोली प्रहार भएको हो भन्ने यकिन गरिने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस