२०८३ कार्तिक २, आईतबार

सुनसरीमा ९१५ किलोभन्दा बढी गाँजा बरामद, चार जना पक्राउ

सुनसरीमा ९१५ किलोभन्दा बढी गाँजा बरामद, चार जना पक्राउ

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–४ स्थित एक घरबाट प्रहरीले ९१५ किलो ६८० ग्राम गाँजा बरामद गरेको छ। प्रहरीले गाँजासहित चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार इनरुवा नगरपालिका–४ स्थित हनुमान मन्दिर नजिकै ज्ञानोदय टोलमा रहेको स्थानीय बुलबुल यादवको घरमा छापा मार्ने क्रममा उक्त परिमाणको गाँजा फेला परेको हो।
नियन्त्रणमा लिइएकाहरूमा इनरुवा नगरपालिका–४ निवासी ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव र ३० वर्षीय आशिष यादव रहेका छन्। यस्तै, दुहबी नगरपालिका–१० निवासी २२ वर्षीय कुन्दन यादव पनि पक्राउ परेका छन्।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले घरमा छापा मारेको थियो। सो क्रममा ठूलो परिमाणमा गाँजा फेला परेपछि चारै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस