
भक्तपुर । हनुमन्ते खोलाले जल सतह पार गरेपछि भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१, लोकन्थलीस्थित सिर्जना टोलबाट १६ परिवारलाई उद्धार गरिएको छ।
जिल्ला प्रहरीका अनुसार लोकन्थलीको होचो भू–भागमा पानी पस्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको हो।
लगातारको वर्षाका कारण हनुमन्ते खोलाको जलसतह बढेपछि आसपासका बस्तीमा समेत पानी पस्ने जोखिम बढेको प्रहरीले जनाएको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले स्थानीयवासीलाई सतर्क रहन र खोला तथा जलमग्न क्षेत्र नजिक नजान आग्रह गरेको छ।
प्रहरी तथा स्थानीय तहले बाढीको अवस्था निरन्तर निगरानी गरिरहेको जनाइएको छ।