२०८३ आश्विन ११, आईतबार

प्राकृतिक विपद्

११ असोज, काठमाडौं । कालीगण्डकी नदीको बहाव बढ्दा पर्वतमा २५ घर बगे

कालीगण्डकी नदीको बाढीले पर्वतमा २५ घर बगायो
११ असोज, काठमाडौं । कालीगण्डकी नदीको बहाव बढ्दा पर्वतमा २५ घर बगे

कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा २५ घर बगेका छन् ।

नेपाल प्रहरीले दिएको जानकारीअनुसार आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेको हो । उक्त बस्तीमा करिब ८० घर रहेका थिए । तीमध्ये २५ घर बगेका छन् भने बाँकी घरहरू पनि जोखिममा रहेका प्रहरीले जनाएको छ ।

घटनामा हालसम्म मानवीय क्षति भएको छैन । बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।

पहिरोका कारण प्रहरी टोली तत्काल घटनास्थलमा पुग्न सकेको छैन । घटनास्थल प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको नेपाल प्रहरीले जनाएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस