२०८३ आश्विन ३, शनिबार

१३ देशका लागि राजदूत सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, को–को परे सूचीमा ?

१३ देशका लागि राजदूत सिफारिस
१३ देशका लागि राजदूत सिफारिस, को–को परे सूचीमा ?

काठमाडौं । सरकारले विभिन्न १३ देशका लागि राजदूत नियुक्त गर्न १३ जनाको नाम सिफारिस गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका, अध्ययन तथा अनुसन्धानमा संलग्न रहेका तथा नेतृत्वदायी भूमिकामा काम गरेका व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गरेको हो।

सरकारले सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनुवाइका लागि पठाउनेछ। संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकमा अग्रिमोका लागि प्रस्ताव पठाइनेछ। अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले सम्बन्धित देशका लागि राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया रहेको छ।

यी हुन् प्रस्तावित राजदूत

१. डा. निश्चलनाथ पाण्डे — भारत
२. डा. कल्याणराज शर्मा — चीन
३. चिरनजंग थापा — संयुक्त राज्य अमेरिका
४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा (अवकाशप्राप्त) — संयुक्त अधिराज्य (यूके)
५. जिग्यान कुमार थापा — जापान
६. सुरेशकुमार कर्ण — इजरायल
७. प्राप्ति शेरचन — स्पेन
८. शारू जोशी — जर्मनी
९. डा. पद्माक्षी राणा — ओमान
१०. चूडामणि खरेल — मलेसिया
११. प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरिया
१२. डा. मंचल झा — श्रीलंका
१३. गिरीबहादुर सुनार — साउदी अरेबिया

संसदीय सुनुवाइ र अग्रिमोको प्रक्रिया पूरा भएपछि मात्रै प्रस्तावित राजदूतहरूको सम्बन्धित मुलुकमा औपचारिक नियुक्ति हुनेछ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस