
काठमाडौं । नेपालमा कुल १ करोड ७५ लाख ग्यास सिलिण्डर रहेको तथ्यांक सार्वजनिक भएको छ। तर, मासिक रूपमा करिब ३३ लाख सिलिण्डर मात्रै खपत हुने गरेको बताइएको छ।
मासिक खपतको तुलनामा बजारमा रहेका ग्यास सिलिण्डरको संख्या निकै ठूलो देखिएपछि बाँकी सिलिण्डर कहाँ पुगे भन्ने प्रश्न उठेको छ।
ग्यास सिलिण्डरको वास्तविक संख्या, प्रयोगमा रहेका सिलिण्डर तथा लामो समयदेखि प्रयोगमा नरहेका सिलिण्डरबारे सम्बन्धित निकायले स्पष्ट तथ्यांक सार्वजनिक गर्नुपर्ने देखिएको छ।
बजारमा ग्यासको माग र आपूर्तिबारे समय–समयमा समस्या देखिने गरेको अवस्थामा उपलब्ध सिलिण्डरको अवस्था र वितरण प्रणालीबारे समेत चासो बढेको छ।
उपभोक्ताको सहज पहुँचका लागि ग्यास सिलिण्डरको संख्या, कम्पनीगत विवरण र बजारमा रहेको अवस्थाबारे पारदर्शी तथ्यांक आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।